काठमाडौं– साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारले आफूमाथि लागेको महिला हिंसाको आरोप अस्वीकार गरेका छन् ।
संसदीय सुनुवाइ समितिमा सांसद मधुकुमार चौलागाईंले घरेलु हिंसा, रकम असुली, डीआईजी बढुवामा आर्थिक चलखेल र सांसद बनाइदिने भन्दै रकम लिएको आरोपबारे प्रश्न गरेका थिए ।
जवाफमा सुनारले आफू महिला हिंसाविरुद्ध जनचेतना फैलाउने व्यक्ति भएको दाबी गरे ।
आरोप लगाउने महिलासँग आफ्नो प्रेम सम्बन्धमा रहेको र भनाभन भएको स्वीकार गर्दै उक्त विषय सन् २०१३ मै टुंगिएको सुनारले बताए ।
उनले महिला हिंसाविरुद्ध र आत्मसशक्तीकरणका लागि ५ हजारभन्दा बढीलाई तालिम दिएको पनि बताए ।
जर्मनीबाट डिपोर्ट भएको आरोपसमेत उनले अस्वीकार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























