images
images
  • सल्यानमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, तीन जना घाइते

    काठमाडौं । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
    कालिमाटी गाउँपालिका–४ चम्बुताराबाट मिक्चर बोकेर कालिमाटी आउँदै गरेकोे रा १ त ४०४२ नम्बरको ट्याक्टर मंगलबार राति साढे सात बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    दुर्घटनामा परी ट्याक्टर चालक सोही गाउँपालिका–३ का १९ वर्षीय खुमबहादुर ओली र मिक्चर हेल्पर शोही ठाउँ बस्ने २० वर्षीय यज्ञबहादुर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

    ट्रयाक्टर दुर्घटना हुँदा मिक्चर चालक कालिमाटी गाउँपालिका–३ कालिमाटीका जंगबहादुर सिरिष मगर, ट्याक्टर सहचालक शोही ठाउँ बस्ने वर्ष १७ को कमल विक र मिक्चर हेल्पर कालिमाटी गाउँपालिका–४ का २० वर्षीय खुम बहादुर बस्नेत छन् ।

    घाइते मगर र विकको अवस्था गम्भीर रहेको सूचना अधिकारी पौडेलले बताए । घाइते तीनै जनाको उपचारको लागि तुलसीपुर पठाइएको छ । ट्याक्टर अनियन्त्रित हुँदा सडकबाट ६० मिटरसम्म तल खसेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images