काठमाडौं – सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा दुई बालिकाको शंकास्पद मृत्यु भएको छ। मृत भेटिएका बालिकाहरू दिदीबहिनी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, सल्यानका अनुसार मृत्यु हुनेमा टेकमान राना र पूर्णिमा रानाका ३ वर्षीया छोरी करिष्मा र ६ महिनाकी राघवी रहेका छन् ।
मृतक दुवै बालिकाको घाँटीमा शंकास्पद निलडाम देखिएको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेले जानकारी दिए ।
उनीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् ।उनका अनुसार घटना शंकास्पद देखिएकाले थप अनुसन्धान भइरहेको छ । मृतक बालिकाका बुवा रोजगारीका लागि जिल्ला बाहिर छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















