images
images
  • सल्यानमा देउता चढेको भन्दै छोराले गरे आमाको हत्या

    सल्यान- सल्यानमा एक युवकले आफ्नै आमाको हत्या गरेका छन् ।

    शारदा नगरपालिका १३ माथिल्लो सल्यान चौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षकी आमा शारदा भण्डारीको आज हत्या गरेको सल्यान प्रहरीले जनाएको छ ।

    सल्यान प्रहरी प्रमुख डिएसपी दामोदर केसीका अनुसार नवीन आफूलाई देउता चढेको भन्दै बिहान ४ बजे बुवाआमा सुतेको कोठामा काँप्दै प्रवेश गरेका थिए ।

    विभिन्न धार्मिक तन्त्रमन्त्र जप्दै नवीनले कोठामै रहेको पैयाँको लठ्ठीले आमाको टाउको अन्धाधुन्ध प्रहार गर्दा मृत्यु भएको हो ।

    नवीनले २ दिन अघिदेखि नै आफूलाई देवता चढेको भन्दै आएको उनका बाबुलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

    आमाको हत्या गरेका नवीनलाई बिहान ६ बजे प्रहरीले पक्राउ गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images