images
images
  • लियोनेल मेस्सी र पिएसजीबीच दुई वर्षे सम्झौता

    काठमाडौं । बार्सिलोनाबाट बिदा भएका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित हुने निश्चित भएको छ।

    मेस्सी आउने भएपछि पीएसजीको मैदानमा उनको स्वागतमा हजारौँ खेलप्रेमी जम्मा भएका छन्। हिजैदेखि उनको स्वागतमा फ्यानहरु पिएसजीको कार्यालय अगाडि थुप्रिएका हुन्।

    मेस्सीले पीएसजीसँग दुई वर्षे सम्झौता गर्न तयार भएका छन्। स्काई स्पोर्ट्सका अनुसार पीएसजीले मेस्सीसँग २ वर्षको सम्झौता प्रस्ताव गरेको थियो।

    मेस्सी सन् २०२४ सम्म पीएसजीमै रहने भएका छन्। सुरुमा दुई वर्ष र त्यसपछि केही समय पीएसजीमै रहने गरी ३४ वर्षीय मेस्सीले सम्झौता गर्ने भएका हुन्।

    पीएसजीले मेस्सीलाई वार्षिक ४१ मिलियन पाउण्ड तलब दिने भएको छ। ६ पटक बालोन डी ओर जितिसकेका मेस्सीले २१ वर्षपछि स्पेनिस क्लब बार्सिलोना छाडेका थिए।

    उनले पिएसजीमा साप्ताहिक रुपमा पाँच लाख पाउन्ड पाउने भएका छन्। बार्सिलोनाको एकेडेमीमा हुर्किएर चम्किएका उनी ला लिगाको वित्तीय संरचनाको कानुनी बाधाले क्लबसँग सम्झौता नवीकरण गर्न असफल भएका थिए ।

    मेस्सीले सन् २००४ मा बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका थिए। त्यसदेखि यता उनी बार्सिलोनाको महत्वपूर्ण खम्बा थिए।

    बार्सिलोनामा रहँदा उनले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन्। मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जितेका छन् भने ४ पटक च्याम्पियन्स लिगको उपाधि पनि चुमेका छन्। उनले ७ पटक कोपा डेल रे उपाधि पनि जितेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images