images
images
  • मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु

    काठमाडौँ । नवलपरासीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको छ ।

    ४३ वर्षीय वाग्लेको सोमबार राति साढे ११ बजेतिर भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय बर्दघाटमा दरबन्दी रहेका वाग्लेलाई बाटोमा हिंडिरहेको बेला लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले सोमबार राति ८ बजेतिर ठक्कर दिएको थियो ।

    ठक्करबाट गम्भीर घाइते उनको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images