काठमाडौं – बुधबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । सोमबारदेखि निरन्तर ओरालो लागेको नेप्सेले बुधबार पनि गिरावटलाई निरन्तरता दिएको हो ।
बुधबार नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा बन्द भएको छ । यससँगै नेप्से नौ कारोबार दिनपछि पुनः २६०० विन्दुमुनि झरेको छ ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । मंगलबार ४ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको ।
यस दिन ३५२ वटा धितोपत्रको १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता शेयर ४७ हजार ९०० पटकको कारोबारबाट किनबेच भएको छ ।
१०९ कम्पनीको शेयर मूल्य बढ्यो
बुधबार कारोबारमा आएका कम्पनीमध्ये १०९ वटाको शेयर मूल्य बढेको छ भने १५७ वटाको घटेको छ। १३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
सिन्धु विकास बैंकको शेयर मूल्य सर्वाधिक १४.३७ प्रतिशतले बढेको छ । कम्पनीको प्रतिकित्ता शेयर मूल्य ४४४ रुपैयाँ ९० पैसा पुगेको छ ।
त्यस्तै, सयपत्री हाइड्रोपावरको शेयर मूल्य ८.४१ प्रतिशतले बढेर प्रतिकित्ता ५८० रुपैयाँ पुगेको छ ।
यता, सानिमा ग्रोथ फन्डको इकाइ मूल्य सर्वाधिक ३.७८ प्रतिशतले घटेर ९ रुपैयाँ ४१ पैसामा झरेको छ । चिरख्वा हाइड्रोपावरको शेयर मूल्य पनि ३.६० प्रतिशतले घटेर प्रतिकित्ता ५३५ रुपैयाँ कायम भएको छ ।
घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार
बुधबार कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । कम्पनीको प्रतिकित्ता २७१ रुपैयाँ ५० पैसाका दरले ३८ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य अघिल्लो दिनको तुलनामा ७।३१ प्रतिशतले बढेको हो ।
त्यस्तै, पिपुल्स हाइड्रोपावरको २२ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता शेयर मूल्य ३३३ रुपैयाँ ८० पैसा रहेको छ ।
१० उपसमूह घटे
बुधबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने १० समूहको परिसूचक घटेको छ ।
बढ्नेमा व्यापार समूहको परिसूचक सर्वाधिक १.१८ प्रतिशतले उक्लिएको छ। जलविद्युत् र म्युचुअल फन्ड समूहको परिसूचक पनि सामान्य बढेको छ। बाँकी १० समूहको परिसूचक घटेका छन् ।


विश्व खबर 



















