काठमाडौं– वर्षायाम सुरु भएसँगै तीन महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडकखण्ड सञ्चालनमा ल्याउन काम सुरु गरिएको छ । असार दोस्रो सातादेखि बन्द रहेको सडकखण्ड केही दिनभित्रै सञ्चालनमा ल्याउने गरी पहिरो हटाउने र सडक मर्मतको काम थालिएको हो ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार पूर्वाधार विकास कार्यालय अछामसँगको समन्वयमा बडीमालिका नगरपालिकाको यन्त्र प्रयोग गरी सडक खुलाउने काम सुरु गरिएको हो ।
सडकखण्डका विभिन्न स्थानमा खसेका पहिरो हटाउने तथा क्षतिग्रस्त सडक मर्मत गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
लगातारको वर्षाका कारण सडकका विभिन्न स्थानमा पहिरो खस्नुका साथै खोलामा पानीको बहाव बढेपछि मार्तडी–कोल्टी सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक बन्द हुँदा बाजुराको पूर्वी तथा उत्तरी क्षेत्रका चार पालिकासहित छिमेकी हुम्ला र मुगुका नागरिकसमेत प्रभावित हुँदै आएका छन्।
महँगो भयो यात्रु र ढुवानी
सडक अवरुद्ध भएपछि मार्तडीबाट कोल्टीसम्म पुग्न यात्रुले कम्तीमा दुई हजार रुपैयाँसम्म भाडा तिर्नुपरेको स्थानीय बताउँछन् । सडक बन्द हुँदा बीच बाटोमै सवारीसाधन रोकिएका छन् भने दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ ।
सडक अवरुद्ध हुँदा पूर्वी तथा उत्तरी क्षेत्रका किसानले उत्पादन गरेको स्याउ बजारसम्म पुर्याउनसमेत समस्या भएको छ। स्याउ किसान उज्ज्वल रावतका अनुसार सडक बन्द भएपछि धेरै किसानले पिठ्युँमा बोकेर स्याउ सदरमुकाम मार्तडी ल्याउने गरेका छन् ।
केही किसानले भने कर्णाली करिडोर हुँदै धनगढी र नेपालगञ्जसम्म स्याउ पुर्याउने गरेका छन् ।
पुल नहुँदा हरेक वर्ष समस्या
बडीमालिका नगरपालिका–८ को बाउली खोला र वडा नं ७ को रजातोली खोलामा पुल नहुँदा तथा जिल्ली र रजातोलीलगायत स्थानमा पटकपटक पहिरो खस्दा हरेक वर्ष वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ ।
बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काका अनुसार गत वर्ष अनाई खोला र यस वर्ष बुढीनन्दा नगरपालिकाको दानसाँघु खोलामा पुल निर्माण भएपछि केही सहजता भएको छ । तर बाउली खोलाको पुल भने पाँच वर्षदेखि अधुरै रहेको उहाँले बताउनुभयो ।
रजातोलीमा पुल निर्माण भइरहेको भए पनि बाउली खोलाको पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले बर्सेनि समस्या भोग्नुपरेको उहाँको भनाइ छ ।
२७ वर्षदेखि स्तरोन्नति अधुरो
करिब २७ वर्षअघि शिलान्यास भएको मार्तडी–कोल्टी सडकखण्ड अझै पूर्ण रूपमा स्तरोन्नति हुन सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारको बहुवर्षीय योजनामा रहेको सडकको कालोपत्र तथा स्तरोन्नति कार्यमा भएको ढिलाइका कारण वर्षायाममा सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ ।
पूर्वाधार विकास कार्यालय अछामका अनुसार गत आर्थिक वर्षमा सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले काम नगर्दा २० करोड रुपैयाँ बजेट फिर्ता भएको थियो ।
सडकखण्ड निर्माण तथा स्तरोन्नतिको जिम्मा पाएको पीएस बानियाँ निर्माण सेवाले काममा ढिलाइ गर्दा गत वर्ष मात्र नभई अघिल्ला वर्षमा समेत करोडौँ रुपैयाँ बजेट खर्च हुन नसकी फिर्ता हुँदै आएको कार्यालयले जनाएको छ ।
तीन महिनादेखि बन्द सडक खुलाउने काम सुरु भएपछि स्थानीयवासीले दैनिक आ


विश्व खबर 

















