काठमाडौं– प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ले गत भदौ १० गते चीनको ल्हेन्दे हुँदै नेपालको भोटेकोशी–त्रिशूली नदीमा आएको प्रलयकारी बाढी विश्वव्यापी जलवायु परिवर्तनको उपज भएको बताएका छन् ।
संयुक्त राष्ट्र संघको १८औँ महासभालाई आज बिहान सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । बाढीका कारण नेपालले ठूलो जनधनको क्षति बेहोरेको बताउँदै प्रधानमन्त्री साहले यी सबै समस्या नेपालका कारण नभएर विश्वव्यापी जलवायु परिवर्तका कारण सिर्जना भएको बताए ।
त्यसका लागि कुनै पनि देशलाई दोष नलगाउने र भूराजनीतिको विषय बनाउने उद्देश्य नेपालको नरहेको स्पष्ट गर्दै उनले हिमाल र पर्यावरण संरक्षणका लागि सहकार्य गर्न सबैसँग मुलुकहरूसँग आग्रह गरे । उनले विपद्पछि नेपालमा सिर्जना भएको चुनौतीपूर्ण अवस्था सहयोग गर्न पनि विश्व समुदायलाई आग्रह गरे ।
प्रधानमन्त्री साहले भोटेकोशी बाढी नेपालको मात्रै नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको पनि बताएका छन् । ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुन्नुभयो ?,’ उनले सम्बोधनका क्रममा विश्वलाई सोधे ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको अभिव्यक्ति उद्धृत गर्दै उनले विज्ञान जगतले समयदेखि यस्तो संकटको चेतावनी दिएकोमा जोड दिएका छन् ।


विश्व खबर 

















