काठमाडौं– पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर सडकखण्ड पुनः सञ्चालनमा आएपछि राजधानी आवतजावत सहज भएको छ ।
सडक बन्द हुँदा ठूला मालवाहक र ग्यासका बुलेट बोकेका सवारी बाटोमै रोकिएका थिए ।
साना सवारी र बसले वैकल्पिक मार्ग प्रयोग गर्दा यात्रु तथा व्यवसायीले निकै सास्ती बेहोर्नुपरेको थियो ।
कृष्णभीर खुलेसँगै ट्रक, बस तथा अन्य सवारीसाधन नियमित सञ्चालन हुन थालेका छन् ।
चालकहरूले वैकल्पिक मार्गको तुलनामा पृथ्वी राजमार्ग सहज भएको बताएका छन् ।
त्रिशूली नदीको कटानले करिब एक सय मिटर सडक क्षतिग्रस्त भएपछि भित्तो काटेर वैकल्पिक सडक निर्माण गरिएको थियो ।
बिहीबार १८औँ दिनमा सडक पुनः सञ्चालनमा आएको हो ।
चितवनतर्फ रोकिएका करिब १ हजार ९ सय सवारीसाधन तथा ग्यास बुलेट बोकेका सवारी काठमाडौंतर्फ पठाइएको र यातायात नियमित भइरहेको प्रहरीले जनाएको छ ।
तर काठमाडौं उपत्यकाका ग्यास डिपो र खाना पकाउने ग्यास विक्रेताले अझै ग्यास वितरण गरेका छैनन् ।


विश्व खबर 




















