images
images
  • रसुवागढी नाका बन्द भएपछि कोरलाबाट ७४७ विद्युतीय गाडी भित्रिए

    काटमाठौं– रसुवागढी नाका पूर्णरूपमा बन्द भएपछि नेपाल–चीन उत्तरी कोरला नाकाबाट विद्युतीय सवारीसाधन भित्रिने क्रम बढेको छ।

    मुस्ताङ भन्सार कार्यालयका अनुसार भदौ १० गतेदेखि हालसम्म ७४७ वटा विद्युतीय गाडी कोरला नाका हुँदै नेपाल भित्रिएका छन् ।

    मुस्ताङको लोमान्थाङ–४ स्थित न्हेचुङ भन्सार कार्यालय परिसरमा भन्सार जाँचपासका लागि विद्युतीय गाडी पार्किङ गरेर राखिएका छन्। चीनबाट कोरला नाका हुँदै नेपाल भित्रिएका ती गाडी भन्सार प्रक्रिया पूरा गर्ने क्रममा रोकिएका हुन् ।

    रसुवागढी नाका बन्द भएपछि विद्युतीय सवारीसाधन आयातका लागि कोरला नाका महत्वपूर्ण वैकल्पिक मार्ग बनेको छ। भन्सार जाँचपासको प्रक्रिया पूरा भएपछि ती गाडी सम्बन्धित व्यवसायी तथा आयातकर्ताले गन्तव्यतर्फ लैजानेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images