काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शाओमी नेपालले २० लाख रुपैयाँ सहयोग गरेको छ ।
शाओमी नेपालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको हो ।
बाढीपहिरोबाट ठूलो जनधनको क्षति हुनुका साथै विभिन्न परिवार प्रभावित भएको अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
सहयोग रकम रमेशकर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल, भत्सल इम्पेक्सका निर्देशक नितेशकुमार मद्रा र शाओमी नेपालका बिक्री तथा वितरण प्रमुख दिनेश राईले अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।
सहयोग हस्तान्तरणका क्रममा बाढीपहिरो प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका लागि भइरहेका सरकारी प्रयासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
शाओमी नेपालले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई सहयोग गर्न पाएकोमा आफूलाई जिम्मेवार संस्थाका रूपमा प्रस्तुत गर्दै उक्त सहयोगले राहत तथा उद्धार कार्यमा केही योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
‘नेपालसँगै, नेपालका लागि’ भन्ने भावनासहित सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिँदै आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता शाओमी नेपालले जनाएको छ ।






















