images
images
  • ६० देशमा एनआरएनएको निर्वाचन: ४ देशमा लफडा, ४२ देशमा सर्वसम्मत

    काठमाडौं । विश्वका विभिन्न मुलुकमा स्थापना भएका गैरआवासीय नेपाली संघ ९एनआरएनए० अन्तर्गतका राष्ट्रिय समन्वय परिषदमध्ये ६० वटा देशमा निर्वाचन सम्पन्न भएको छ ।

    निर्वाचन सम्पन्न भएकामध्ये ४२ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्विरोध , ११ वटा राष्ट्रिय समन्वय परिषद्मा अनलाइनमार्फत र ७ वटा राष्ट्रिय समन्वय परिषद्मा भौतिक रुपमा उपस्थित भएर निर्वाचन सम्पन्न भएको हो ।

    निर्वाचन सम्पन्न भएका राष्ट्रिय समन्वय परिषद्हरुमा नयाँ कार्य समिति गठन र विभिन्न ४ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्वाचन हुन बाँकी रहेको गैरआवासीय नेपाली संघका महासचिव डा। हेमराज शर्माले जानकारी दिए ।

    महासचिव शर्माका अनुसार राष्ट्रिय समन्वय परिषद् यूएईमा आन्तरिक समस्याका कारण निर्वाचनको मिति तय हुन सकेको छैन । उनले यूएईमा छिटै निर्वाचन गराउने विषयमा गृहकार्य भइरहेको समेत बताए ।

    यस्तै, उनले राष्ट्रिय समन्वय परिषद् डेनमार्कको निर्वाचन यही ७ अगष्टमा, राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका ९केही क्षेत्रमा स्थगित० निर्वाचन ८ अगष्टमा र राष्ट्रिय समन्वय परिषद् स्लोभानियाको निर्वाचन १४ अगष्टमा आयोजना गर्ने कार्यतालिका तय गरिएको जानकारी दिए ।

    विश्वभरका विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमा गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् रहेका र तीमध्ये विभिन्न २० वटा राष्ट्रिय समन्वय परिषदहरू लामो समयदेखि निष्क्रिय छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images