काठमाडौं– नेपालमा सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइएको छ ।
उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विभिन्न १ हजार ११६ परियोजनाका लागि ५८ अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । तीमध्ये सूचना प्रविधितर्फ मात्रै ७२७ परियोजना रहेका छन् ।
यस्तै, पर्यटन क्षेत्रमा २२७, उत्पादनमूलकमा ६३, सेवामूलकमा ७१ र कृषिमूलक क्षेत्रमा १८ परियोजनाका लागि लगानी प्रतिबद्धता आएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा ८४२ परियोजनाका लागि ६४ अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको थियो । राजनीतिक स्थायित्व, लगानीको सुरक्षा र सरल नीतिगत व्यवस्थाका कारण सूचना प्रविधिसहित विभिन्न क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























