काठमाडौं– भोटेकोशी बाढीपीडितको स्वास्थ्य उपचारका लागि युएसभी फार्मास्युटिकल्सले १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
बिहीबार भएको कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा। बद्री रिजाल र युएसभी फार्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज सिसोडियाबीच सहयोगसम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार बाढी प्रभावितका लागि आवश्यक स्वास्थ्य सामग्रीको विवरण नेपाल चिकित्सक सङ्घले उपलब्ध गराउनेछ । सोही आधारमा युएसभी फार्मास्युटिकल्सले स्वास्थ्य सामग्री खरिद गरी प्रभावित परिवारलाई उपलब्ध गराउनेछ ।
प्रतिक्रिया दिनुहोस्






















