images
images
  • सिर्सिया खोला प्रदूषण नियन्त्रण गर्न उद्योगलाई एक साताको समय

    काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन् ।

    मन्त्रालयमा उद्योगीहरूसँगको छलफलमा मन्त्रीले वातावरणीय मापदण्ड उल्लङ्घन गर्ने उद्योगलाई कारबाही गर्ने चेतावनी दिँदै तत्काल सुधारका काम थाल्न निर्देशन दिइन् ।

    सिमरा र वीरगञ्ज क्षेत्रका दर्जनौँ उद्योगले प्रशोधन नगरी ढल तथा औद्योगिक फोहोर खोलामा मिसाउँदा सिर्सिया खोला गम्भीर रूपमा प्रदूषित बनेको भन्दै स्थानीय बासिन्दाले लामो समयदेखि गुनासो गर्दै आएका छन् ।

    मन्त्रीले आगामी साता मन्त्रालयको विशेष टोलीले स्थलगत निरीक्षण गर्ने र त्यसपछि कानुनअनुसार प्रक्रिया अघि बढाइने बताइन्। स्थानीय बासिन्दाले सरकारको पछिल्लो कदमले खोला प्रदूषण नियन्त्रण हुने आशा व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images