काठमाडौं– त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा.अञ्जना सिंह र रजिस्ट्रारमा प्रा.रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् ।
कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले उपकुलपतिको सिफारिसमा उनीहरूलाई नियुक्त गरेका हुन् ।
उनीहरूले आज दिउँसो ३ बजे शपथ लिँदैछन् ।
सिंह विज्ञान संकायकी र शिवाकोटी शिक्षाशास्त्र संकायका सह–प्राध्यापक हुन् ।
उनीहरू दुवै रास्वपा पृष्ठभूमिका हुन् ।
गत वैशाखमा अध्यादेशबाट पदाधिकारी मुक्त गरिएको त्रिविमा उपकुलपति नियुक्त भए पनि यी दुई पद भने रिक्त थिए ।
प्रतिक्रिया दिनुहोस्





















