images
images
  • नारायणीमा बाढीले बगाएर ल्याएका ११० शव फेला, ४९ शव जिल्ला बाहिर पठाइयो

    काठमाडौं– रसुवा बाढीले बगाएर नारायणी नदीमा ल्याएका शव भेटिने क्रम बढेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मात्रै हालसम्म ११० शव फेला परेका छन् ।

    शव व्यवस्थापनका लागि जिल्लामा पर्याप्त स्थान नभएपछि पहिचान तथा परीक्षणका लागि ४९ शव पोखरा र पाल्पा पठाइएको प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ४१ शव पोखरा र आठ शव पाल्पा पठाइएको छ । बाँकी शव जिल्लाका विभिन्न अस्पतालमा सुरक्षित राखिएका छन् ।

    नारायणी किनारमा सबैभन्दा धेरै ६९ शव गैँडाकोट क्षेत्रमा फेला परेका छन् । देवचुलीमा आठ, कावासोतीमा छ, मध्यविन्दुमा १८ तथा विनयी त्रिवेणीमा नौ शव भेटिएका छन् ।

    बाढीपछि नदीको सतह घट्दै गएकाले थप शव भेटिन सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ । शव खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली नदी किनारमा परिचालन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images