images
images
  • बाढिपिडतका लागि सुदूरपश्चिमले २ करोड दिने, चोबिसै घण्टा सहायथता बष सञ्चालन

    काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारले भनेटेकास िबाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सुचना सम्प्रेषणका लागि चोबिसै घण्टा आकस्मिक सहायता कक्ष सञचालनमा ल्याएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अपिल जारी गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत सहायता कक्ष सञ्चालन गरिएको जनाएको हो। बाढी प्रभावित नागरिकले आवश्यक सहयोग तथा जानकारीका लागि प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रको ०९१–५२१३२४, मोबाइल ९७६२४७९३२८ तथा मुख्यमन्त्री कार्यालयका सूचना अधिकारीको ९७६१२०६७१९ मा सम्पर्क गर्न सक्नेछन् ।

    त्यस्तै, नेपाल प्रहरीको १००, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र तथा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको १२३४, सशस्त्र प्रहरी बलको १११४, हेलो सरकारको ११११ तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रका ९८५१३२०२६९ र ९८४९२८१०९७ मा समेत सम्पर्क गर्न प्रदेश सरकारले आग्रह गरेको छ ।

    बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि आवश्यक औषधि, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीसहितको टोली पठाउने व्यवस्था मिलाइएको प्रदेश सरकारले जनाएको छ। सम्भावित महामारी, संक्रमण तथा स्वास्थ्य जटिलतालाई ध्यानमा राख्दै स्वास्थ्य टोली परिचालनका लागि सम्बन्धित निकायसँग समन्वय गरिने भएको छ ।

    यसैबीच, मनसुन तथा वर्षाका कारण सुदूरपश्चिमका विभिन्न क्षेत्रमा समेत विपद्को जोखिम बढ्न सक्ने भन्दै प्रदेश सरकारले सबै जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय तथा सरकारी र गैरसरकारी संस्थालाई पूर्वतयारीसहित उच्च सतर्कतामा रहन आग्रह गरेको छ।

    यसअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।

    विपद्पीडितको सहयोगका लागि प्रदेश सरकारका मन्त्रीहरूले एक–एक महिनाको तलबसमेत उपलब्ध गराउने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images