काठमाडौं– देशका विभिन्न क्षेत्रमा आएको प्राकृतिक विपत्तिपछि प्रभावित नागरिकको राहत तथा उद्धारमा निजी क्षेत्रको सहभागिता बढ्दै गएको छ। यसै क्रममा लोमस फर्मास्युटिकल्सले विपद् प्रभावितका लागि आवश्यक औषधि सहयोग उपलब्ध गराएको छ ।
बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट घाइते र प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने औषधिको अभाव हुन नदिन कम्पनीले सरकारको राहत तथा उद्धार अभियानमा सहकार्य गर्दै औषधि उपलब्ध गराएको जनाएको छ ।
औषधि सहयोगसँगै उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा सहभागी हुँदै आएको लोमस फर्मास्युटिकल्सले विपद्को समयमा निजी क्षेत्रले निर्वाह गर्नुपर्ने सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ ।
विपद्को समयमा सरकारी प्रयाससँगै निजी क्षेत्रको सहयोगले प्रभावित नागरिकसम्म राहत तथा स्वास्थ्य सेवा छिटो पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।
कम्पनीको सहयोगले व्यावसायिक भूमिकाभन्दा माथि उठेर नागरिकको जीवनरक्षा र मानवीय सेवामा योगदान पुर्याउनुपर्ने सन्देशसमेत दिएको छ ।
विज्ञहरूले सरकार, निजी क्षेत्र, स्वास्थ्य संस्था तथा सामाजिक संघसंस्थाबीच प्रभावकारी समन्वय हुन सके विपद् प्रभावित नागरिकलाई तत्काल औषधि, उपचार तथा अन्य आवश्यक राहत उपलब्ध गराउन सहज हुने बताएका छन् ।






















