images
images
  • प्रम बालेनलाई ११ सांसदको संसद्‌मै प्रश्न सोध्ने तयारी, जवाफ देलान् ?

    काठमाडौं– प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ ।

    रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका गरी ११ जना सांसदले प्रश्न दर्ता गरिसकेका छन् ।

    सभामुख डोलप्रसाद अर्यालले नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो हप्ताको एक दिन प्रश्नोत्तरका लागि निर्धारण गर्ने व्यवस्थाअनुसार बुधबारको समय तोकेका हुन् ।

    प्रश्न सोध्न इच्छुक सांसदले बैठकअघि ३ दिन पहिले नै विषय दर्ता गरिसकेका छन् ।

    १५ जनासम्म सोध्न पाउने व्यवस्थामा ११ जनाको मात्र प्रश्न दर्ता भएको हो ।

    प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम सरकारी तथा अन्य सञ्चारमार्फत प्रत्यक्ष प्रसारण गर्न सकिनेछ भने जवाफपछि कुनै छलफल गरिने छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images