काठमाडौं– कांग्रेस सांसद खड्ग शाहीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणका क्रममा अमेरिकी प्रतिनिधिसँग भेट भए–नभएको विषयमा प्रश्न उठाएका छन् ।
संसद्को बैठकमा बोल्दै उनले भ्रमणलाई निजी भनिए पनि सोही समय अमेरिकी दूतावासका अधिकारी मुस्ताङ पुगेको चर्चा बाहिरिएको बताए ।
उनले अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर नेपालमा रहेको दाबी गर्दै सरकारले भ्रमणको उद्देश्यबारे जानकारी नदिएको र प्रधानमन्त्रीले जनतालाई तथ्य स्पष्ट पार्नुपर्ने माग गरे ।
प्रतिक्रिया दिनुहोस्






















