images
images
  • कांग्रेस महाधिवेशन विवाद उत्कर्षमा : देउवा–गगन मिल्ने सम्भावना कति ?

    काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टीभित्रको विवाद मिल्न सकेको छैन ।

    संस्थापन र इतर समूहबीच कानुनी र राजनीतिक जटिलता कायमै छ ।

    इतर समूह सर्वोच्च अदालतको पुनरावलोकन निवेदनपछि अधिवेशन रोक्नुपर्ने अडानमा छ भने संस्थापन पक्ष राजनीतिक सहमतिबाटै विवाद टुंग्याएर तोकिएकै समयमा अधिवेशन गर्नुपर्ने पक्षमा छ ।

    महामन्त्री प्रदीप पौडेलले अदालत नभई आपसी सहमतिबाटै समस्या समाधान गर्नुपर्ने बताए ।

    विशेष महाधिवेशनबाट बनेको वर्तमान नेतृत्व र पूर्वसभापति शेरबहादुर देउवाबीच आवश्यक संवाद हुन नसकेको देखिन्छ ।

    नेता नैनसिंह महरले भने दुवै पक्षबीच संवाद गराएर मेलमिलाप गर्न सुझाएका छन् ।

    उनले सभापति गगन थापा र पूर्वसभापति देउवाबीच वार्ताका लागि तीन विकल्प प्रस्ताव गरेका छन् ।

    पूर्वसभापति देउवा निकट नेता एनपी साउदले भने १४औं महाधिवेशनलाई नै आधार मानेर देउवाकै नेतृत्वमा आगामी महाधिवेशन गर्नुपर्ने अडान राखेका छन् ।

    प्रवक्ता देवराज चालिसेले आयोजक समितिभन्दा पनि सहमतिका लागि संयन्त्र बनाउन सकिने बताए ।

    धेरै नेताका अनुसार अधिकांश कार्यकर्ता पार्टी एकताबद्ध भएको हेर्न चाहन्छन् ।

    अहिलेको मुख्य चुनौती नेतृत्वको अहम् र अविश्वास कम गर्नु रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images