images
images
  • ओलीलाई अध्यक्ष पदबाट हटाउन पछि हटे एमाले दोस्रो वरीयताका नेता

    काठमाडौं– भदौ ४ गते ओली निवास गुन्डुमा भएको छलफलपछि एमालेका नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल हटाउने पक्षमा नरहेको बताएका छन् ।

    महासचिव शंकर पोखरेलले विराटनगरमा नेतृत्व परिवर्तन संस्थागत प्रक्रियाबाट मात्र हुने र अहिले आफू सो पक्षमा नरहेको स्पष्ट पारे ।

    यसअघि पोखरेलले तयार पारेको कार्यदल प्रतिवेदनमा ओलीले नेतृत्व छोड्नुपर्ने उल्लेख थियो ।

    तर, गुन्डु छलफलपछि नेताहरू एकताबद्ध हुने र राष्ट्रिय समस्या समाधानमा केन्द्रित हुने निष्कर्षमा पुगेका हुन् ।

    प्रतिवेदन पुनर्लेखन गरिने र त्यसलाई कार्यदल, सचिवालय हुँदै केन्द्रीय समितिमा पेस गरिने सचिव भानुभक्त ढकालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images