images
images
  • कांग्रेसइतर समूहबाट छुटिएका पूर्णबहादुर देउवासँग रिसाए किन ?

    काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले डा.शशांक कोइरालालाई नजिक ल्याएपछि नेता पूर्णबहादुर खड्का चिढिएका छन् ।

    सुकेधाराको राष्ट्रिय भेलामा देउवाले कोइरालालाई संयोजकको जिम्मेवारी दिएपछि खड्का टाढिएको बुझिएको छ ।

    भेलाको समापनमा खड्का अनुपस्थित रहेको र उनले आफूमाथि धोका भएको गुनासो गरेको स्रोतले जनाएको छ ।

    देउवानिकटहरूले कोइराला परिवारलाई अगाडि बढाउने रणनीति अपनाइएको बताउँदै खड्काले भने अब आफ्नो बाटो खोज्ने संकेत गरेका छन् ।

    यसले १५औं महाधिवेशनअघि इतर समूहमा नयाँ समीकरण र दरार सिर्जना गरेको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images