काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गर्ने तयारी भइरहेको दाबी गरिएको छ ।
उच्च सरकारी स्रोतलाई उद्धृत गर्दै आइतबारसम्म देउवालाई पक्राउ गर्ने विषयमा सरकारभित्र छलफल भइरहेको जनाइएको छ ।
यसअघि काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति दिए पनि सर्वोच्च अदालतले उक्त अनुमति निष्क्रिय हुने गरी अन्तरिम आदेश जारी गरेको थियो ।
नयाँ कानुनी प्रक्रियाबाट विशेष अदालतमार्फत पक्राउ पुर्जी जारी भएमा देउवालाई पक्राउ गर्न सकिने सम्भावना रहेको बताइएको छ ।
करिब साढे पाँच महिना विदेश बसेर साउन २८ गते नेपाल फर्किएका देउवामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्






















