काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
रिटमा महाधिवेशन स्थगित गर्न अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।
साथै, निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई मान्यता दिने गरी गरेको निर्णय बदरको माग पनि रिटमा समावेश छ ।
सर्वोच्चले विशेष महाधिवेशन र आयोगको निर्णयलाई सदर गर्ने पूर्वनिर्णयमा पुनरावलोकनको अनुमति दिइसकेको उल्लेख गर्दै महाधिवेशन रोक्न अन्तरिम आदेश मागिएको हो ।
अदालतबाट अन्तरिम आदेश जारी भएमा १५औं महाधिवेशनका सबै गतिविधि तत्काल रोकिनेछन् ।
यता संस्थापन पक्षले भने अदालत जानुभन्दा संवादबाटै समाधानको उपाय निकाल्नुपर्नेमा जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















