काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज शुक्रबार बस्दैछ ।
तर, प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह भने बैठक छाडेर मुस्ताङतर्फ लागेका छन् ।
बिहानै सडक मार्ग हुँदै पोखरा हुँदै मुस्ताङ जाँदै गरेका उनको भ्रमणको कारणबारे सुरक्षा अधिकारी र सचिवालय सदस्यसमेत अनभिज्ञ रहेको बताइएको छ ।
पार्टी कार्यालय वनस्थलीमा बिहान ११ बजेपछि बस्ने बैठकमा स्थानीय निर्वाचनका उम्मेदवार छनोट, राइट टु रिकल दस्ताबेज, संगठनात्मक व्यवस्थापन र मनोनयनजस्ता दर्जन बढी एजेन्डा राखिएका छन् ।
यसअघि पनि बालेन पार्टी र दलको बैठकमा कम सहभागी हुँदै आएका छन् ।
केहीबेर अघि उनी धादिङस्थित भैरव गणमा पुगेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















