images
images
  • रास्वपा केन्द्रीय समिति अझै अपूर्ण, पूर्णता दिन रवि–बालेन नै अनिच्छुक

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केन्द्रीय समितिका रिक्त पदहरू तत्काल नभई क्रमशः मनोनीत गर्ने बताएका छन् ।

    विधानले सभापतिलाई ५१ केन्द्रीय सदस्य तथा उपसभापति, महामन्त्रीलगायत पदाधिकारी मनोनीत गर्ने अधिकार दिएको छ र समयसीमा ५ वर्ष रहेकाले हतार नगरिने उनको भनाइ छ ।

    शुक्रबारको केन्द्रीय समिति बैठकको एजेन्डामा मनोनीतिको विषय रहे पनि सबै पद एकैपटक भरिने सम्भावना छैन ।

    बालेन्द्र शाह (बालेन) पक्षका नेताहरूले मधेश प्रदेशको अधिवेशनपछि मात्र आफ्नातर्फबाट मनोनीत गराउने दाबी गरेका छन् ।

    हाल मधेशका अधिकांश जिल्ला तथा तहका अधिवेशन सकिएका छैनन् ।

    सभापति लामिछानेले भदौ १२ पछि पर्साको ठोरीबाट मधेश यात्रा सुरु गरी त्यहाँको अधिवेशनको वातावरण बनाउने तयारी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images