काठमाडौं– प्रधानमन्त्रीको सचिवालयमा आफूसहित अख्तियारका कर्मचारी ७ घण्टा थुनिएको विषयमा प्रमुख आयुक्त प्रेमकुमार राईले जवाफ दिएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले सिंहदरबारमै अख्तियार टोलीलाई दबाब दिइएको भन्दै प्रश्न गरेपछि उनले भने, ‘प्रधानमन्त्री बालेनले पासपोर्ट प्रकरणमा छलफलका लागि बोलाउनुभएको हो, सुझाव लिन पनि बोलाउन सकिन्छ ।’
उनले मुद्दा अघि बढाउन तीव्रता दिन निर्देशन दिएअनुसार नै काम भएको र अभियोजन भइसकेको बताए ।
रास्वपा सांसद अमरेश सिंहले अख्तियार संवैधानिक अंग हो, प्रधानमन्त्री कार्यालयको शाखा नभएको भन्दै यस्तो दबाब अस्वीकार्य रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्






















