images
images
  • जेनजी आन्दोलनमा लुटिएका हतियार तिब्बती गुम्बामा

    काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले गत वर्षको जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार नेपालका तिब्बती गुम्बाहरूमा लुकाइएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

    बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले केही अनुसन्धाताहरूले ती गुम्बाहरूमा ठूलो मात्रामा हतियार संकलन भइरहेको दाबी गरेको र लुटिएका हतियार पनि त्यहाँ राखिएको आशंका गरेको उल्लेख गरे ।

    उनले नेपालले निर्वासित तिब्बतीहरूलाई मानवीय आधारमा मात्र शरण दिएको र उनीहरूलाई कहिल्यै राजनीतिक शरणार्थीको मान्यता नदिइएको स्पष्ट पारे ।

    साथै, नेपालको भूमि अर्को खम्पा विद्रोह वा ‘दोस्रो युक्रेन’ बन्न नदिइने चेतावनी दिए ।

    बादलले सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षा रणनीतिमा खतरनाक विचलन आएको आरोप लगाउँदै भदौको विनाशकारी घटनामा टीओबी समूह अग्रपंक्तिमा रहेको र सो घटनाप्रति चीन सरकारले गम्भीर चासो व्यक्त गरेको पनि स्मरण गराए ।

    राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन उद्धृत गर्दै उनले जेन्जी आन्दोलन लामो तयारीसहितको सुनियोजित विनाशकारी घटना भएको र त्यस्ता गतिविधिहरू अहिले पनि फरक रूपमा निरन्तर रहेको बताए ।

    badal

    प्रतिक्रिया दिनुहोस्
    images
    images