काठमाडौं– सत्तारूढ रास्वपा सांसद अमरेश सिंहले प्रधानमन्त्री बालेनमाथि गम्भीर प्रश्न उठाएका छन् ।
उनले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्रीमाथि प्रश्न गरेका हुन् ।
उनले प्रश्न गर्दै भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्री कार्यालयको शाखा हो ।’
आयोगको स्वतन्त्रता र निष्पक्षताको विषयमा ख्याल गर्नु आवश्यक रहेको समेत बताए ।
उक्त समितिको बैठकमा आयोगको सिंगो पदाधिकारीलाई प्रधानमन्त्री कार्यालय बोलाएर केरकार गरेको विषय उठेको थियो ।
सोही विषयलाई लिएर सांसद सिंहले बैठकमा यस्तो प्रश्न गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्






















