images
images
  • सर्वोच्चको आदेशले रिहा भएका पत्रकार किशोर श्रेष्ठविरुद्ध उपसभामुखको जाहेरी, फेरि पक्राउ गर्ने तयारी !

    काठमाडौं– सोमबार सर्वोच्च अदालतको आदेशबाट रिहाइ भएका पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारी ठाकुरले जाहेरी दिएकी छिन् ।

    पत्रकार श्रेष्ठविरुद्ध उपसभामुख ठाकुरले हिजो सोमबार नै जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता गराएकी हुन् । आवश्यक प्रक्रिया पूरा नभएका कारण कुन कसुरमा जाहेरी दिइन् भन्ने विषय सार्वजनिक भएको छैन ।

    यद्यपि, जनआस्था साप्ताहिकमा आफ्नो मानहानी हुने गरी समाचार प्रकाशन गरेको भन्दै उपसभामुख ठाकुरले सार्वजनिक रूपमा आपत्ति जनाउँदै यसअघि प्रेस काउन्सिल नेपालमा उजुरी समेत दिइसकेको समाचार सार्वजनिक भइसकेका छन् ।

    पत्रकार किशोर श्रेष्ठ रिहा, जफत गरिएका सबै सामग्री फिर्ता गर्न सर्वोच्चको आदेश

    प्रतिक्रिया दिनुहोस्
    images
    images