images
images
  • गृहमन्त्री सुधनले मतदातालाई दिए ओठे जवाफ

    काठमाडौं– गृहमन्त्री सुधन गुरुङलाई गोरखा–१ का मतदाताले चुनावी वाचा पूरा गर्न आग्रह गरेका छन् ।

    शहीद लखन गाउँपालिका–९ का स्थानीयले बजेट र विकासका विषयमा प्रश्न गरेपछि गुरुङले चार महिनामै कायापलट सम्भव नभएको भन्दै ‘भोट फिर्ता लैजान’ वा पाँच वर्ष काम गर्न दिन आग्रह गरेका छन् ।

    उनले स्थानीय तहबाट योजनाको सूची मागेर बजेटअनुसार काम भइरहेको भन्दै साना–साना योजना समेट्दा बजेट किताब नै ठूलो हुने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images