काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद खगेन्द्र सुनारलाई अमर्यादित शैली र पार्टी तथा सरकारमाथि प्रश्न उठाउने गतिविधिका कारण स्पष्टीकरण सोधेर सचेत गराउने तयारी गरेको छ ।
प्रहरीको पोशाक तथा नियमित खरिदसम्बन्धी उजुरीमाथि संसदीय समितिमा छलफलका क्रममा नेपाल प्रहरीका आईजीपीलाई अमर्यादित प्रश्न गरेपछि सुनार विवादमा परेका हुन् ।
सभामुख र गृहमन्त्रीले समेत उनको शैलीप्रति असन्तुष्टि जनाइसकेका छन् ।
गृहमन्त्रीको असन्तुष्टिपछि सुनारले थप आक्रामक प्रतिक्रिया दिँदै सिंहदरबारमा बसेर न्यायाधीश नबन्न चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्






















