काठमाडौं– पूर्वमन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आजदेखि काठमाडौंको माइतीघर मण्डलाबाट देशव्यापी हस्ताक्षर अभियान सुरु गर्ने भएको छ ।
पार्टीले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल असुल गर्न, विद्युत्मा लगाइएको भ्याट खारेज गर्न र स्वदेशी विद्युत्को आन्तरिक खपत बढाउन सरकारमाथि जनदबाब सिर्जना गर्ने जनाएको छ ।
इन्डक्सन चुलो, विद्युतीय सवारीसाधन तथा उद्योग, कृषि र घरायसी क्षेत्रमा विद्युत् खपत बढाउन आवश्यक नीति तथा पूर्वाधार बनाउन पनि पार्टीले माग गरेको छ ।
स्वदेशी विद्युत्को खपत बढाउँदा आयातित इन्धनको निर्भरता र व्यापार घाटा घट्ने उसको दाबी छ ।
पार्टीले बक्यौता महसुल असुलीमा सरकारले ढिलाइ गर्न नहुने भन्दै हस्ताक्षर अभियानमा सहभागी हुन आमनागरिकलाई आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्






















