images
images
  • कोरम नपुगेर स्थगित भएको प्रतिनिधि सभा बैठक आज बस्दै, के–के छन् कार्यसूची ?

    काठमाडौं– गत मंगलबार कोरम नपुगेर स्थगित भएको प्रतिनिधि सभाको बैठक चार दिनपछि आज बस्दैछ ।

    सङ्घीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि बैठक सुरू हुने छ ।

    आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत सभामुखले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    पछिल्लो बैठकमा गणपूरक संख्या नपुगेपछि यो प्रस्ताव रोकिएको थियो ।

    त्यस्तै आज महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने उनले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    त्यसैगरी परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै आज महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images