images
images
  • टोकियो ओलम्पिकको नवौं दिनः आज ११ खेलका २५ स्वर्ण पदकको भिडन्त

    कठमाडौं । टोकियो ओलम्पिकको नवौं दिन आज ११ खेलमा २५ स्वर्ण पदकको लागि भिडन्त भईरहेको छ ।

    आज पौडीमा ५ वटा स्वर्ण पदकको भिडन्त भइरहेको छ भने एथ्लेटिक्स र जिम्न्याष्टिकका चार ÷ चार वटा स्वर्ण पदकको छिनोफानो हुँदैछ ।

    टोकियो ओलम्पिकको नवौं दिन अहिलेसम्म पदक तालिकामा २१ स्वर्ण पदकसहित चिन शिर्ष स्थानमा रहेको छ ।

    दोस्रो स्थानको जापानको १७ स्वर्ण पदक छ भने १६ स्वर्ण पदकका साथ अमेरिका तेस्रो स्थानमा रहेको छ ।

    चौथो स्थानको रुसी ओलम्पिक कमिटिले ११ स्वर्ण पदक जित्दा १० वटा स्वर्ण पदक हात पारेको अष्ट्रेलिया पाँचौ स्थानमा छ ।

    टोकियोमा अहिलेसम्म कुल ४९ देशले स्वर्ण पदक जित्दा ७६ देशले पदक तालिकामा नाम लेखाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images