images
images
  • पार्टी पुनर्गठन प्रतिवेदन एमाले मुख्यालय च्यासलबाटै गायब

    काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापा संयोजकत्वको कार्यदलले प्रतिनिधिसभा निर्वाचनको समीक्षा र पार्टी पुनर्गठनबारे सातै प्रदेशमा सुझाव संकलन गरेको दुई महिनाभन्दा बढी भइसकेको छ ।

    तर, एक सय पृष्ठको प्रतिवेदन अझै गोप्य राखिएपछि नेताकार्यकर्ताले सार्वजनिक गर्न दबाब दिन थालेका छन् ।

    कार्यदलले फागुन २१ को चुनावी पराजय र पार्टी सुधारबारे १३ समूहसँग छलफल गरी प्रतिवेदन बुझाएको थियो ।

    पूर्वकेन्द्रीय सदस्य रमेश पौडेलले तत्काल कार्यदल बैठक बोलाएर निष्कर्षमा पुग्नुपर्ने माग राखेका छन् ।

    पूर्वकेन्द्रीय सदस्य नवीना लामाले नेतृत्व असफल भएकाले नयाँ कार्यक्रम, एजेन्डा र नेतृत्वसहित अघि बढ्नुपर्ने बताएकी छन् ।

    सचिव राजन भट्टराईले ढिलाइले पार्टीलाई हानि पु¥याउने भन्दै छिटो कार्यदल बैठक बोलाउनुपर्ने धारणा राखेका छन् ।

    महासचिव शंकर पोखरेल प्रतिवेदन केन्द्रीय कमिटीमा खुला बहस गराउनुपर्ने पक्षमा देखिए पनि अध्यक्ष केपी शर्मा ओलीले हारको जिम्मेवारी एक्लै नलिई पदाधिकारीको पनि भूमिका रहेको बताउँदै आएका छन्, जसले पार्टीभित्र मतभेद थप बढाएको छ ।

    साउन अन्तिम वा भदौ पहिलो साता केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भए पनि मिति टुंगो लाग्न सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images