images
images
  • हाजिर गरेर टाप कस्ने सांसदहरूको खोजीमा रास्वपा, कारबाही गर्ला ?

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले संसद्मा हाजिरी गरेर मात्रै बैठक छोड्ने सांसदहरूको पहिचान गर्न ७ दिने प्रतिवेदन माग गरेका छन् ।

    प्रतिनिधिसभामा गणपूरक संख्या नपुग्दा बैठक प्रभावित भएपछि यस्तो निर्देशन दिइएको हो ।

    मुख्य सचेतकले सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई संसद् सचिवालयबाट हाजिरी विवरण झिकाई विश्लेषण गर्न जिम्मेवारी दिएका छन् ।

    विशेषगरी असार ३०, ३१ र साउन १४, १८, २२ गतेको हाजिरीको समीक्षा गरिनेछ ।

    साउन २६ को बैठकमा गणपूरक संख्या नपुगेपछि ‘खानी तथा खनिज पदार्थ विधेयक’ माथि छलफल अघि बढ्न सकेको थिएन ।

    संविधानअनुसार निर्णयका लागि कम्तीमा ६९ सांसद आवश्यक पर्नेमा ६१ जना मात्र उपस्थित भएपछि सभामुखले बैठक स्थगित गरेका थिए ।

    बुर्लाकोटीले भने, ‘सुरुमा उपस्थित भए पनि बीचमा बैठक छोड्ने प्रवृत्तिले संसद्को गरिमा घटाउँछ । प्रतिवेदन आएपछि आवश्यक कारबाही अगाडि बढाउँछौं ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images