images
images
  • एमाले अध्यक्ष पदबाट हटाउन ओलीको चुनौती, भने– ख्याल–ठट्टा होइन

    काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाउने भन्दै भइरहेका गतिविधिप्रति आक्रोश व्यक्त गर्दै हटाएर देखाउन चुनौती दिएका छन् ।

    इलाममा आयोजित कार्यक्रममा ओलीले भने, ‘अध्यक्षलाई हटाउने, पार्टी सदस्य छ कि छैन ?’

    उनले चिया पिएर गफ गर्दैमा अध्यक्ष हटाउन नसकिने भन्दै यस्तो कुरा ख्याल–ठट्टा नगर्न चेतावनी दिए ।

    अध्यक्ष हटाउने भन्दै हस्ताक्षर अभियान चलाइएकोप्रति पनि ओलीले आपत्ति जनाए ।

    उनले पार्टीको विधान र विधि नमानिकन गरिने यस्ता गतिविधिको कुनै अर्थ नरहेको बताए ।

    पार्टीभित्र अराजकता बढाउनेभन्दा बाह्य चुनौती सामना गर्न एमाले एकजुट हुनुपर्ने ओलीको भनाइ थियो ।

    ‘अहिले अध्यक्ष हटाउँछु’ भन्नेजस्ता कुरा बेकार भएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images