images
images
  • कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजसम्म, के आउँदैछ निष्कर्ष ?

    काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिदैछ ।

    सुकेधाराको मिराकल पार्टी भेन्युमा जारी भेला शुक्रबारदेखि जारी रहेको छ । शुक्रबार उद्घाटन समारोह भएको भेलामा शनिबार बन्दसत्र भएको थियो ।

    शनिबारको बन्दसत्रमा राजनीतिक, आर्थिक, सदस्यता र पार्टी संरचनासम्बन्धी प्रस्ताव प्रस्तुत भएका थिए । जसमा नेता विमलेन्द्र निधि, पूर्वअर्थमन्त्री प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश लेखक, एनपी साउद र मीन विश्वकर्मा विभिन्न प्रतिवेदन पेश गरेका थिए ।

    प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको दाबी गरिएको छ । २०७९ को निर्वाचनमा ८८ सिट जितेको कांग्रेस अहिले ३८ सिटमा सीमित भएको उल्लेख गर्दै विशेष महाधिवेशन विधानविपरीत भएको आरोप लगाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images