images
images
  • निर्वाचनपछि ओली पहिलोपटक झापा पुगे, अझैँ पुगेनन् प्रम बालेन

    काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली फागुन २१ को निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगेका छन् ।

    शनिबार काठमाडौंंबाट हवाईमार्ग हुँदै झापा पुगेका ओलीलाई भद्रपुर विमानस्थलमा स्थानीय नेताकार्यकर्ताले स्वागत गरे ।

    उनी मिसन पार्टी जागरण कार्यक्रमका लागि झापा पुगेका हुन् ।

    उक्त कार्यक्रम आइतबार हुँदैछ ।

    झापा–५ बाट निर्वाचन लडेका ओली रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग पराजित भएका थिए ।

    बालेन भने हालसम्म आफ्नो निर्वाचन क्षेत्रमा गएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images