काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि जेनजी आन्दोलनको आडमा पार्टी नेतृत्व कब्जा गर्न खोजेको आरोप लगाएको छ ।
साउन ३० गते काठमाडौंमा आयोजित १५औं महाधिवेशन तयारी समितिको राष्ट्रिय भेलामा संयोजक विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महामन्त्रीद्वयका पछिल्ला कदमलाई अवैधानिक र अराजक भनिएको छ ।
प्रतिवेदनमा विशेष महाधिवेशन आह्वान, नेतृत्व परिवर्तनको प्रयास तथा तत्कालीन राजनीतिक घटनाक्रमले पार्टीभित्र गम्भीर विग्रह निम्त्याएको दाबी गरिएको छ ।
संस्थापन पक्षले विशेष महाधिवेशनको वैधानिकतामाथि समेत प्रश्न उठाउँदै निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा पुनरावलोकनको अनुमति पाएपछि देउवा नेतृत्वकै कार्यसमिति कायम रहने विश्वास व्यक्त गरेको छ ।
भेलाले १५औँ महाधिवेशन नियमित प्रक्रियाबाटै देउवाको नेतृत्वमा सम्पन्न गर्ने घोषणा गर्दै नेतृत्व हस्तान्तरण विधानसम्मत प्रक्रियाबाट हुनुपर्नेमा जोड दिएको छ ।






















