images
images
  • नयाँ पार्टी गठन–दर्ता नहुँदै फुटे दुर्गा प्रसाईं र धवलशमशेर

    काठमाडौं– दल दर्ता हुनुअघि नै दुर्गा प्रसाईं र डा. धवलशमशेर राणाबीचको गठबन्धन टुटेको छ ।

    ‘जय नेपाल पार्टी’ गठनको सहमति भए पनि नेतृत्व अधिकार र दर्ता मितिबारे मतभेद भएपछि दुवै पक्ष अलग भएका हुन् ।

    राणा पक्ष आज निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारीमा छ ।

    प्रसाईंले भने छुट्टै कार्यक्रम गरी आफ्नो धारणा सार्वजनिक गर्दैछन् ।

    उनले आफ्नो पार्टी पीडित, शोषित, उत्पीडित र सबै नेपालीको साझा पार्टी हुने बताएका छन् ।

    राणा पक्षका अनुसार प्रसाईंले सभापतिको सबै अधिकार मागेपछि सहमति जुट्न नसकेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images