काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा उपचारपछि आज दिउँसो काठमाडौं फर्किएका छन् ।
उनी श्रीमती आरजु राणासँगै कात्तिक १० गते सिंगापुर गएका थिए ।
तर, आरजु भने थाइल्यान्डमै रहेकी छन् ।
विमानस्थलमा कांग्रेस नेता तथा कार्यकर्ताहरूले उनलाई स्वागत गरेका छन् ।
गत भदौ २४ मा जेनजी आन्दोलनका क्रममा देउवा गम्भीर घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्






















