images
images
  • देउवालाई पक्राउ गर्न खोजे प्रतिकारमा उत्रिने तयारीमा तरुण दल

    काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौं फर्किँदैछन् ।

    अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    गत फागुन महिनामा उपचारका लागि सिंगापुर गएका देउवा आज मध्याह्न साढे १२ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।

    उनको आगमनलाई मध्यनजर गर्दै विमानस्थलका विभिन्न गेटहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र गोप्य सुरक्षा निकायका जवानहरूको बाक्लो उपस्थिति रहेको छ ।

    आगन्तुकहरूको चेकजाँच पनि कडा बनाइएको छ भने विमानस्थल क्षेत्रमा कुनै पनि अप्रिय घटना नहोस् भन्नका लागि आवश्यक सुरक्षा योजना लागू गरिएको छ ।

    देउवाको आगमनपछि उनले पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूसँग भेटघाट गर्ने तथा आगामी दिनहरूमा पार्टीको गतिविधिमा सक्रिय सहभागी हुने चर्चा रहेको छ ।

    यद्यपि देउवालाई विमानस्थलबाटै प्रहरीले पक्राउ गर्न खोजेमा तरुण दलका युवा पंक्ति प्रतिकारमा उत्रिने तयारी भएको स्रोतको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images