images
images
  • यी हुन् काठमाडौं घर हुँदाहुँदै राज्यकोषबाट लाखौं भाडा लिने संघीय संसद्का १०४ सांसद (सूचीसहित)

    काठमाडौं– संघीय संसद्का १०४ सदस्यको काठमाडौं उपत्यकामा आफ्नै निवास रहेको छ ।

    प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ सदस्यमध्ये (राष्ट्रिय सभामा २ पद रिक्त) काठमाडौं उपत्यकामा घर हुनेमा प्रतिनिधिसभाका ८७ र राष्ट्रिय सभाका १७ जना रहेका छन् ।

    राष्ट्रिय सभातर्फ काठमाडौंमा घर भएकामध्ये नेपाली कांग्रेसका ११, नेकपा (एमाले)का ४, राष्ट्रपतिबाट मनोनीत १ र नेपाली कम्युनिस्ट पार्टीका १ जना छन् ।

    प्रतिनिधि सभातर्फ सबैभन्दा धेरै ६३ जना राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको काठमाडौंमा घर छ ।

    त्यस्तै, नेपाली कांग्रेसका ११, नेकपा एमालेका ६, नेपाली कम्युनिस्ट पार्टीका ५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ सांसदको पनि उपत्यकामा निवास रहेको संघीय संसद् सचिवालयको तथ्यांकमा उल्लेख छ ।

    उनीहरू घर काठमाडौं उपत्यकामा हुँदाहुँदै राज्यकोषबाट लाखौं भाडा लिँदै आएका छन् ।

    सूचना ५_5

    सूचना १_1सूचना २_2सूचना ३_3सूचना ४_4

    प्रतिक्रिया दिनुहोस्
    images
    images