images
images
  • दुर्गा प्रसाईंबिना ‘जय नेपाल पार्टी’ दर्ता गर्दै धवलशमशेर

    काठमाडौं– राप्रपाबाट अलग भएको डा.धवलशम्शेर राणाको समूहले ‘जय नेपाल पार्टी’ नाममा साउन २९ गते निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ ।

    धवल समूह र दुर्गा प्रसाईं समूहबीच भएको एकता घोषणामा नेतृत्व र अधिकार बाँडफाँटको विवाद चर्किएपछि सहकार्य संकटमा परेको छ ।

    धवल पक्षका नेता मुकुन्दश्याम गिरीले प्रसाईं पक्ष आए स्वागत गर्ने तर नआए पनि दल दर्ता नरोकिने बताए ।

    प्रसाईं पक्ष भने संवाद जारी रहेको र मिलेरै दर्ता गर्ने सम्भावना अझै कायम रहेको दाबी गरिरहेको छ ।

    प्रस्तावित पार्टीमा १०१ सदस्यीय केन्द्रीय समिति बनाउने समझदारी भएको थियो ।

    निर्वाचन आयोगमा २९ गते साढे १२ बजे दर्ताका लागि समय लिइएको धवल पक्षले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images