काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विश्वका ३७ देशमा शुभेच्छुक संस्था ‘प्रवास नेपाली सम्पर्क विभाग’ गठन गरेको छ ।
पार्टी स्थापनाको चार वर्षमै प्रवासमा संगठन विस्तार गर्दै विभिन्न देशका लागि प्रतिनिधि तथा प्रमुख तोकेको हो ।
अष्ट्रेलियामा डा.कृष्णकान्त पौडेल, अमेरिकामा चेतराज उपाध्या, जापानमा दीपक केसी, कतारमा अब्दुल करिम, दक्षिण कोरियामा युविन श्रेष्ठ, युएईमा सुजन थापा र क्यानडामा कुमार उप्रेतीलाई जिम्मेवारी दिइएको छ ।
यस्तै युरोप, खाडी, एसिया र अन्य देशमा पनि रास्वपाले प्रतिनिधि तोकेर प्रवास नेपालीसँग संगठनात्मक सम्पर्क विस्तार गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















